प्राज्ञिकद्वारा त्रिभुवन विश्वविद्यालयकाे अभ्यास वर्ग सम्पन्न , संयाेजकमा अर्जुन बगाले चयन

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले त्रिभुवन विश्वविद्यालय इकाई समितिकाे अभ्यास वर्ग सम्पन्न गरि त्रिवि संयाेजकमा अर्जुन बगालेलाई चयन गरेकाे छ ।

मंगलबार विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय इकाईकाे आयोजना भएको एक दिवसिय अभ्यास वर्गमा विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालय संयाेजकमा सर्वसम्मत रूपमा व्यवस्थापन संकायमा अध्ययनरत अर्जुन बगाले चयन भएका हुन ।

विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारीहरूकाे उपस्थितिमा सम्पन्न वर्गबाट त्रिवि व्यवस्थापन केन्द्रीय विभाग दाेस्राे सत्रमा अध्ययनरत परिषद्का निवर्तमान त्रिवि सचिव अर्जुन बगालेकाे नेतृत्वमा २७ सदस्यीय त्रिवि इकाई समिति पुर्नगठन गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।

विद्यार्थी परिषद्ले अभ्यास वर्गकाे माध्यमबाट विश्वविद्यालयकाे सम्पूर्ण कार्यसमिति समेत पुर्नगठन पनि गरेकाे छ । परिषद्ले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय कार्यक्रमकाकाे सभा हलमा आयोजना गरेकाे अभ्यास वर्गमा उक्त विषयका संयाेजक प्रा.डा. कृष्णराज आचार्य व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख एवं प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका विशेष आमन्त्रित सदस्य प्रा.डा. रामजी गाैतम, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने, राष्ट्रिय सचिव नारायण तिमिल्सिनाकाे विशेष उपस्थिति रहेकाे थियोे ।

Share post:

Recent