धादिङको गजुरीमा यात्रुबाहक बसको ठक्करबाट बिहीबार एक विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुबाहक बसले जेब्रा क्रसमा सडक पार गर्ने क्रममा ६ वर्षीय बालकलाई ठक्कर दिएको हो । मृतक आदर्श माविका कक्षा १ का विद्यार्थी थिए ।
गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घटनापछि तनाव उत्पन्न भएको र विद्यार्थी र स्थानीयले सडकमा उत्रिएको जानकारी दिनुभयो ।
आक्रोशित प्रदर्शनकारीले यात्रुवाहक बसमा आगजनी गरेका छन् र आन्दोलनका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ ।