सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु, एक घाइते

प्रहरीका अनुसार बिहेको भोज बोकेर बाँकेको ढकेरीबाट जलबाङ जाँदै गरेको जीप दुर्घटना भएको हो । बिहान करिब २ बजेतिर कपुरकोट गाउँपालिकाको मुलपानी नजिकै भीरबाट करिब २०० मिटर तल खसेको गाडी सडकबाट खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा जलबाङका सात पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपेन्द्र केसीले जानकारी दिए । दुर्घटनाका बेला जीपमा सवार सबै यात्रुको पहिचान खुल्न सकेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते जलबाङका ३५ वर्षीय तिलक ओलीको अहिले दाङको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।

Share post:

Recent