काठमाडौं। चाडपर्वको समयमा टिकट काउन्टरमा बुधबार बिहान भएको भीडलाई मध्यनजर गर्दै गंगबु नयाँ बसपार्कमा नेपाल स्काउटले भीड व्यबस्थापन सगैं निःशुल्क मास्क वितरण गरेका छन्।
भीडभाडमा मानव स्वास्थ्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै केही दिनयता बढ्दै गएको डेङ्गु , कोरोना संक्रमणको दर न्युनीकरण गर्न माक्स वितरणसँगै काठमाडौँको बालाजु नयाँ बसपार्कमा हुने भीडभाड नियन्त्रणमा सक्रियका साथ लागेको हो।
चाडबाड नजिकिँदै गएका कारण बजार क्षेत्रमा भीडभाड बढ्न थालेपनि आम नागरिक अझै सचेत नभएकाले मास्क वितरण गरेको तारकेश्वर नगरपालिका स्काउट संयोजक दामोर बस्नेतले बताए।
नेपाल स्काउट तारकेश्वर नगर कार्यसमीतीको आयोजनामा संयोजक तथा राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतको संयोजकत्वमा गोगंबु नयाँ बसपार्क स्थित लोत्स्यमहल ,नेपाल प्रहरी नयाँ बसपार्क र नयाँ बसपार्क ट्राफिक कार्यालयको सहकार्यमा माक्स वितरण गरेको हो।