गोरखापत्रकर्मी फोटोपत्रकार कबिता थापा सम्मानित

काठमाडौं। चन्द्रलोक प्रतिष्ठानले बिभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरेको छ।

बुधबार पर्यटन बोर्डमा भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मानित गरेका हुन्।

गोरखापत्र दैनिकका महिला फोटो पत्रकार कविता थापा, जनता टेलिभिजनका सम्पादक टंक पन्तलगायतका व्यक्तिहरुलाई सम्मान गरेको हो।

चन्द्रलोक प्रतिष्ठानले न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाललगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरेको छ।

Share post:

Recent