नेपालले क्यानडालाई काठमाडौंबाट भिसा दिने व्यवस्था मिलाउन आग्रह गरेको छ । बिहीबार ओटावामा सम्पन्न नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बीसीएमको तेस्रो बैठकमा उक्त आग्रह गरिएको हो । बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र क्यानडाका ग्लोबल अफेयर्स सहायक उपमन्त्री पल थोपिलले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । क्यानडामा बढ्दो नेपाली डायस्पोरा र दुई देशबीचको बढ्दो सम्पर्कलाई ध्यानमा राख्दै परराष्ट्र सचिव पौड्यालले क्यानडाली पक्षलाई नेपालमा क्यानडाको प्रतिनिधित्व स्थापना गर्न र काठमाडौंमा भिसा जारी गर्ने व्यवस्था मिलाउन क्यानडाली पक्षलाई आग्रह गर्नुभएको छ ।
क्यानडामा नेपालको आवासीय मिसन छ, तर क्यानडाको काठमाडौंमा दूतावास वा वाणिज्य दूतावास कार्यालय छैन। नेपालले क्यानाडाली अधिकारीहरूलाई भिसा सेवा सहज बनाउन दूतावास वा वाणिज्य दूतावास स्थापना गर्न अनुरोध गर्दै आएको छ। हाल नयाँ दिल्लीस्थित क्यानाडाली नियोगले नेपाली नागरिकका लागि भिसा जारी गर्दै आएको छ । भेटमा दुई पक्षबीच विकास सहयोग, व्यापार तथा लगानी, शिक्षा, संस्कृति र पर्यटनका साथै वातावरण र जलवायु परिवर्तनलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । भेटमा पौड्यालले क्यानडाली पक्षसँग नेपालको विकास प्राथमिकता, एलडीसी वर्गबाट उत्तीर्ण र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।
नेपाललाई एलडीसी स्थितिबाट सहज र दिगो संक्रमणका लागि स्रोत र प्रविधिका सन्दर्भमा क्यानडाबाट सहयोगको स्तरवृद्धिको आवश्यकतामा जोड दिए। क्यानाडाली पक्षले नेपालको विकास कार्यमा सहयोग गर्न तत्पर रहेको र आफ्नो महिलावादी अन्तर्राष्ट्रिय सहायता नीतिलाई प्रकाश पारेको छ,विज्ञप्तिमा भनिएको छ । माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको लगानीमा एसियाको निजी क्षेत्रका लागि क्यानडाको जलवायु कोष सीएफपीएस २० ले गरेको योगदानलाई उद्धृत गर्दै परराष्ट्र सचिवले नेपालको जलविद्युतमा क्यानडाबाट थप लगानी र प्रविधिको आवश्यकता रहेको बताए । ऊर्जा, बयान थपियो।
विज्ञप्तिमा भनिएको छ, संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन र राष्ट्रसंघ शान्ति स्थापना जस्ता साझा चासोका विषयमा निरन्तर सहयोग गर्ने विषयमा विचार आदानप्रदान भएको छ ।