काठमाडौं। रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमका दलित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
हिन्दूको महान चाड दसैँ तिहार नजिकै आइरहेको अवस्थामा वडा कार्यालयले वडाका सबै २८ दलित घर परिवारलाई खाद्यान्न सहयोग गरेको वडाध्यक्ष नारायण कार्कीले बताए।
दलित परिवारलाई एक बोरा चामल तथा एक लिटर तेल प्रदान गरीएको अध्यक्ष कार्कीले जानकारी दिए।
दशैँ–तिहारजस्ता पर्व मान्न सहजहोस भन्ने उद्देश्यले आफ्ना वडाको बिपन्न स्थानीयवासीलाई वडाले राहतस्वरुप चामल उपलब्ध गराएको हो।