महँगो अभियानका बाबजुद सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै जिल्लामा महिलालाई पिरियड शेडमा लैजाने चलन अझै कायम छ । सन् २०१८ डिसेम्बरको चिसो रात सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला बाजुराको बूढीनन्द नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया अम्बा बोहरा र उनका सात र नौ वर्षका छोराछोरीको छाउगोठमा मृत्यु भएको थियो । जाडोको रातमा न्यानो राख्न गोठमा जलाएको आगोले निसास्सिएर तीनै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
रजस्वला हुने महिला र सुत्केरी आमाका लागि बनाइएको नमुना छाउ गोठ सहभागीहरुको प्रमुख आकर्षण थियो । नेपालमा छाउपडी प्रथा लोप हुँदै गएको दाबी गर्दै गाउँगाउँमा भत्काइएका छाउगोठका तस्विर र भिडियो सहभागीहरूलाई देखाइयो। छाउगोठमा युवती आमा र छोराछोरीको ज्यान गएको बुढीनन्दा छाउपडीमुक्त क्षेत्र घोषणा गरिएको नगरपालिकामध्ये एक हो ।
डिसेम्बर २, २०१९ मा अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ मा २१ वर्षीया पार्वती रावतको छाउगोठमा मृत्यु भएको थियो । महिला हिंसाको १६ दिने राष्ट्रिय अभियानका क्रममा यो घटना भएको हो । बझाङ, अछाम, हुम्ला, कालिकोट र मुगुका धेरै विद्यालयले महिनावारी हुँदा छात्रा र महिला शिक्षकलाई विद्यालय परिसरमा प्रवेश निषेध गर्ने अघोषित नियम पालना गरेका छन् ।