कालिकोटमा वर्षाले आएको विपद्मा एक जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सानी त्रिवेणी गाउँपालिकामा पहिरोमा परी १६ वर्षीय बालकको मृत्यु भएको हो । पिपिरी खोलामा पहिरोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कालिकोटको तिलागुफा नगरपालिकामा आइतबार साँझ पहिरोले बगाउँदा १३ जना बेपत्ता भएका छन् । घटनास्थलसम्मको पहुँच र मौसमी अवस्थाका कारण बेपत्ताको खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण रचुली गाउँका २ सयभन्दा बढी परिवार विस्थापित भएर रचुलीको कालिका माविमा आश्रय लिएका छन् । पाँच दिनदेखि परेको वर्षा रोकिएन भने कर्णाली राजमार्ग अवरुद्ध हुँदा यस क्षेत्रमा यातायात ठप्प भएको छ ।