काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं.-४ मा समाजसेवी ईश्वर अर्यालले स्वतन्त्र उम्मेद्वारको रूपमा मनोनयन दर्ता गराएका छन्।
विगतमा सरकारी कर्माचारीका रूपमा भूमि सुधार मन्त्रालय अन्तर्गत कार्यालयमा रहेर देश र जनताको सेवा गर्दै आएका अर्याल यसै बर्षदेखि राज्यको ढुकुटीबाट सेवा सुविधा नलिने भन्दै उक्त जिम्मेवारी मुक्त भएका थिए।
जुनसुकै रुप र जिम्मेवारीमा रहेर पनि जनताको सेवा गर्ने जीवनको लक्ष्य बनाएको बताउने अर्याललाई काठमाडौं क्षेत्र नं.-७ का बासिन्दाले पार्टीगत स्वार्थ भन्दा माथि उठेर एकपटक आफ्नो अमूल्य मतदान गरेर अझै उत्कृष्ट रूपमा सेवागर्ने मौका दिनेमा विश्वस्त रहेकाछन्।