मुगु र हुम्लामा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ ।

आइतबारको कालिकोट पहिरोमा परी अन्तिम संस्कारमा सहभागी १३ जना अझै बेपत्ता छन्

 

कालिकोटको तिलागुफा नगरपालिका–४ रचुलीमा आइतबार साँझ परेको पहिरोमा परी दाहसंस्कारमा गएका १३ जना बेपत्ता भएका छन् । घटनामा दुई जना गम्भीर घाइते भएका छन्

तिला खोला किनारमा स्थानीयको दाहसंस्कार गर्ने क्रममा पहिरो खसेको हो । २२ वर्षीय हेमराज शाहीको अन्त्येष्टिमा करिब ५० गाउँलेको सहभागिता थियो । मृतकका आफन्तले चिता बाल्ने तयारी गर्दै गर्दा पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Share post:

Recent