स्क्रब टाइफसले चितवन जिल्लामा जनस्वास्थ्यमा चुनौती थपेको छ ।

चितवनमा मुसाको शरीरमा बस्ने किराको टोकाइबाट सर्ने स्क्रब टाइफस रोगले डरलाग्दो रुप लिएको छ । जिल्लामा असार मसान्तदेखि हालसम्म २८४ जनामा यो रोग देखिएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी भ्याक्टर कन्ट्रोल इन्स्पेक्टर राम केसीले जानकारी दिए । जसमा भरतपुर महानगरपालिकाका मात्र ५५ जना बिरामी छन् ।

स्क्रब टाइफस, जसलाई बुश टाइफस पनि भनिन्छ, एक संक्रामक रोग हो जुन परजीवी ओरिएन्टिया सुत्सुगामुशी, माइट(जन्म ब्याक्टेरियाबाट हुन्छ। मुसामा पाइने संक्रमित चिगर लार्भा माइट्सले टोक्दा यो मानिसमा सर्छ।चितवनमा डेंगुको प्रकोप बढेसँगै स्क्रब टाइफसको प्रकोप बढेको छ । भरतपुर अस्पतालमा शनिबार मात्रै ९० जनासहित हालसम्म १ हजार ८३ जनामा डेङ्गुको संक्रमण देखिएको छ । चितवन यस वर्ष डेंगुबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो ।

उपेक्षित ट्रपिकल रोग चितवनमा नयाँ स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । समयमै रोगको पहिचान र औषधि नदिने हो भने बिरामीको अवस्था निकै बिग्रन सक्छ । स्क्रब टाइफसका लक्षणहरूमा टाउको दुख्ने, शरीर दुख्ने र मांसपेशी दुख्ने, चिगर टोकेको ठाउँमा कालो, खपटी जस्तो क्षेत्र जसलाई एस्चर पनि भनिन्छ, मानसिक परिवर्तनहरू, भ्रम देखि कोमासम्म, र विस्तारित लिम्फ नोडहरू समावेश छन्।

केसीले चितवनवासीलाई शरीरका अंगहरु खुला भएको खेत, चोक र झाडीमा नजान सुझाव दिएका छन् । मुसाहरू प्रजनन गर्न सक्ने सम्भावित ठाउँहरूमा नजानुहोस् र यदि आवश्यक छ भने, सावधानी अपनाउनुहोस् ।

Share post:

Recent