एपीएफले महिला भलिबलमा स्वर्ण जितेको छ ।

म्याग्दीमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला भलिबलको फाइनलमा एपीएफ क्लबले विभागीय प्रतिद्वन्द्वी पुलिसलाई ३–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको रमाइलो खेलमा एपीएफले पहिलो दुई सेट २५-१९ र २८-२६ ले जितेको थियो तर तेस्रोमा २४(२६ ले हार बेहोरेको थियो। तर, एपीएफले पुनरागमन गर्दै तेस्रो सेट २५–१९ ले जितेर खेल बराबरीमा ल्यायो ।

बागमतीले गण्डकीलाई २५-१२, २५-२१, २५-१७ ले पराजित गर्दै रजत जितेको हो । एपीएफको पुरुष टोली पनि गण्डकीलाई २५–२१, २७–२५, २५–१५ ले पराजित गर्दै फाइनलमा पुगेको हो । बिहीबार स्वर्ण पदकका लागि भएको खेलमा पुलिसलाई २५-१८, २१-२५, २५-२३, २५-१९ को सोझो सेटमा पराजित गर्दै आर्मीसँग भिड्नेछ ।

एपीएफकी शिखा थापाले स्न्याचमा ४० केजी र क्लिन एन्ड जर्कमा ५३ केजी कुल ९३ केजीमा रजत जिते। गण्डकीकी सिञ्जल गुरुङले स्न्याचमा ४० केजी र क्लिन एन्ड जर्कमा ५० केजी कुल ९० केजीमा कास्य जिते। । एपीएफकी निशा बलालले ८७ केजी तौल समूहमा स्वर्ण पदक जित्दै विभागीय टोलीलाई भारोत्तोलन खेलमा पहिलो स्वर्ण दिलाएकी छन् । बलालले स्न्याचमा ६२ केजी र क्लिन एन्ड जर्कमा ७७ केजी कुल १३९ केजी उठाएका थिए ।

पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७४ र कुल १३७ स्कोर गर्दै रजत जिते भने आर्मीकी अस्मिता राईले स्न्याचमा ५७ केजी र क्लिन एण्ड जर्कमा ८८ रन उचालेर १२५ रन बनाएर कास्य जिते । महिला हक्कीमा आर्मीले जित्यो स्वर्ण

पोखरामा भएको फाइनल खेल १–१ गोलको बराबरीमा रोकिएपछि आर्मीको महिला टोलीले गण्डकीलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै हक्कीमा स्वर्ण जितेको हो । औं मिनेटमा सरस्वती तामाङले आर्मीलाई अग्रता दिलाएकी थिए भने दुई मिनेटपछि गण्डकीले सविता पुन रानाको गोलमा बराबरीमा ल्याइन् ।

प्रदेश १ लाई २–० ले पराजित गर्दै सुदूरपश्चिमले रजत जित्यो । सुदूरपश्चिमका निलम जोशी र डम्बरा थापाले गोल गरे ।

Share post:

Recent