रमेश दुलालको १९ औँ ‘काग सम्मेलन

काठमाडौं। दीपको पर्व भनिने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ।

काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ ।

दयमपञ्चकको दोस्रो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो ।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए ।

दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् ।

काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरूको बिदाइ र युवाहरूलाई अवसर भन्ने रहेको बताए ।

Share post:

Recent