नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते

पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट गोरखा जिल्लाको मनकामना मन्दिरतर्फ जाँदै गरेको बस सडकबाट एक सय मिटर तल खसेको डेढगाउँ प्रहरी कार्यालयले जनाएको छ ।

रम्भा गाउँपालिका हुँगीकी ४१ वर्षीया महिला, १७ वर्षीय युवक, ६२ वर्षीय पुरुष र ५८ वर्षीया महिला तथा ४५ वर्षीया महिला रहेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला गल्याङ निवासी रहेका छन् ।

घटनास्थलमा उपस्थित स्थानीय पत्रकार प्रकाश ज्ञवालीका अनुसार आज बिहान करिब ३ बजे कालीगण्डकी करिडोरको सडकखण्डमा दुर्घटना भएको हो । शनिबार राति ९ बजे बस हुङ्गीबाट छुटेको ज्ञवालीले बताए ।

बस भीरमा फसेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए । गम्भीर घाइतेहरुको भरतपुरस्थित नारायणी सामुदायिक अस्पताल र सामान्य घाइतेहरुको रामपुरमा उपचार भइरहेको छ ।

Share post:

Recent