गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुग्यो

गुजरातको मोरबीमा आइतबार छठ मनाउन आएका धर्मावलम्बीहरु मध्ये १३२ जनाको माच्छु नदीमा रहेको झोलुङ्गे पुल भत्किँदा मृत्यु भएको छ। उक्त खोलामा रहेको शताब्दी पुरानो झोलुङ्गे पुल भतकिँदा धेरै मानिसहरु नदीमा खसेका थिए।

उक्त दुर्घटनामा गए राती एक बजेसम्म ६८ जनाको शव निकालिएको गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले बताएका थिए। राती अबेरसम्म उद्धार कार्य जारी रहेको थियो। राती सम्म ६८ जनाको मृत्यु भएको उक्त स्थलमा बिहानसम्ममा १३२ जना पुगेको गृहमन्त्री सांघवीले जानकारी दिए।

वर्षौँदेखि बन्द रहेको पुल भर्खर मात्र मर्मतसम्भार गरेर पुन: जनताका लागि खोलिएको थियो। यो पुल गुजराति नयाँ वर्षमा दीपावली पछि खोलिएको थियो।

दीपावलीको बिदा र आइतबार रहेको कारण पुलमा मानिसको भींड लागेको कारण पुल भत्किएको हुनसक्ने पुर्वानुमान गरिएको छ। यद्यपि शताब्दी पुरानो उक्त पुल ढल्नुको यकिन कारण भने खुल्न सकेको छैन। पुल भत्किनुको कारणबारे अनुसन्धान गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ।

Share post:

Recent