नाबालिक बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेको क्रिकेटर सन्दीप लामिछाने विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता हुने भएको छ। क्रिकेटर लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले आज अदालतमा मुद्दा दर्ता गर्ने भएको हो।
२० असोजदेखि हिरासतमा रहेका लामिछाने विरुद्ध प्रहरीले तीन पटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ। प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ। सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ।