कारको ठक्करबाट रुपन्देहीमा एक महिने शिशुसहित तीन जनाको मृत्यु, दुई घाइते

छठ पूजाका लागि जाने क्रममा सवारी दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। रुपन्देहीमा छठ पूजाका लागि जाने क्रममा सोमबार बिहान उक्त घटना भएको हो।

घर नजिकैको छठ घाटमा जनेक्रममा भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर पहिचान नभएको टाटा कम्पनीको इन्डीगो कारले ठक्कर दिँदा एक महिने शिशुसहित तीन जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जनाकारी अनुसार मृत्यु हुनेमा रुपन्देही ओमसतिया–४ पननीमा बसोबास गर्दै आएका एक महिने शिशुसहित २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीया सीमा कुर्मीको मृत्यु भएको हो। प्रहरीले दिएको जानकारी अनुसार शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र ३५ वर्षीया मन्जु कुर्मी घाइते भएका छन्।

घाइतेहरुको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ भने ठक्कर दिएर फरार भएको कार र चालकको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा परेका व्यक्तिहरुमध्ये ४ जना एकै परिवारका हुन् भने एक जना सोही परिवारको आफन्त रहेका छन्।

Share post:

Recent