सोमबार एक कार्यक्रम आयोजना गरी नेकपा एकीकृत समाजवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
घोषणापत्रमा एमाले विभाजन गर्नुको कारणबारे व्याख्या गरिएको छ। केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको घोषणापत्रमा उल्लेख छ।
भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गएको घोषणापत्रमा उल्लेख गरिएको छ।
एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिस्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भएको एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ। जसको कारण कम्युनिस्ट पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनलाई नै ठूलो क्षति भएको एकीकृत समाजवादीले ठहर गरेको छ।
आफूहरुले कम्युनिस्ट आन्दोलनमा नयाँ पुनर्जागरण ल्याउन र त्यसमार्फत् व्यापक पुनर्गठन गर्न चाहेको पनि घोषणापत्रमा बताइएको छ।
यी र यस्ता विविध विषयवस्तु सहित सो पार्टीले ५६ पृष्ठको घोषणापत्र तयार पारेको छ।
यस्तो रहेको छ घोषणापत्रको पूर्णपाठ: