“देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ” – केपी ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई स्थीर र विकास गर्न सक्षम सरकार चाहिएको बताएका छन्। उनले देशको उक्त चाहना निर्वाचनमार्फत पूरा हुने समेत बताएका छन्।

सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा पर्ने कमल गाउँपालिका वडा नं. ३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै भने, “देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ।”

यसै गरी उनले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने ठोकुवा गरेका छन्। उनले अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को सरकार बन्ने दाबी गरेका थिए।

उनले आज नै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गरेका छन्।

Share post:

Recent