साहित्यकार घिमिरेको १०औं स्मृतिसभा रामेछापमा

रामेछापको मन्थलीमा वरिष्ठ साहित्यकार एवं समाजसेवी स्वर्गीय जगदीश घिमिरेको १०औं स्मृतिसभा आयोजना गरिएको छ। घिमिरेको २०७० साल कात्तिक १४ गते उपचारका क्रममा निधन भएको थियो । उनी मल्टिपल माइलोमा क्यान्सरबाट ग्रसित रहेका थिए।

उनले साहित्यको क्षेत्रमा मात्र नभइ समाजसेवाको क्षेत्रमा समेत आफ्नो योगदान पुर्‍याएका थिए। वि.सं. २०४०सालमा रामेछापमा तामाकोशी सेवा समिति स्थापना गरी उनी समाजसेवाको अभियानमा अग्रसर रहेका थिए। उनलाई समाजसेवा एवं साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय/अन्तराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

उनीबाट लिखित आत्मवृत्तान्तले मदन पुरस्कारसमेत प्राप्त गरेको छ। उक्त पुरस्कारपछि उनको साहित्य तर्फ अझ लगाव बढेको थियो। उनको सकस उपन्यास पनि निकै चिरपरिचित कृति हो। उक्त उपन्यासमा उनले पृथ्वीनारायण शाहको समयदेखि माओवादी आन्दोलनसम्मका ऐतिहासिक गतिविधि समेटेका छन्।

सोमबार जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्वर्गीय घिमिरेको तस्बिरमा माल्यार्पण गर्नुका साथै उनले जिल्लामा गरेको साहित्य र समाजसेवाका बारेमा चर्चा पनि गरिएको थियो।

Share post:

Recent