काठमाडौँ क्षेत्र नं. ५(ख) प्रदेशसभा सदस्य उम्मेदवार निरौलाका प्राथमिकता

नेकपा (एमाले)बाट काठमाडौँ क्षेत्र नं. ५(ख)का प्रदेशसभा सदस्य उम्मेदवार दीपक निरौलाले गठबन्धन दलका नेताहरुले गठबन्धन आफै तोडेर हिँडेको बताएका छन्। उनले अब मङ्सिर ४ पछि आधिकारिक रुपमा जनताले नै गठबन्धन तोड्ने बताएका छन्।

उनले आफ्नो क्षेत्रमा भएका विकास कार्य र निर्वाचनका लागि आफ्नो एजेण्डाको विषयमा समेत चर्चा गरेका छन्। उनको एजेण्डामा स्वास्थ्य शिक्षा र पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेका छन्। उनले टोखामा निर्माण भएको प्रदेश स्तरिय अस्पतालको स्तरोन्ती गर्ने, बूढानीलकण्ठ नगरपालिका ४ मा निर्माणाधिन मेडिकल अस्पताललाई पूर्णता दिने र अभिवृद्धि गर्ने, स्‍थानिय स्तरमा वडा बाट दिइने स्वास्थ्यसेवा सँग सम्बन्धित कार्यमा प्रत्यक वडामा रहेको स्वास्थ्य चौकीको व्यवस्थापन एवं क्षमताअभिवृद्धिको कार्य लगायतका कार्यहरु आफ्नो प्राथमिकताको विषयवस्तु रहेको जनाएका छन्।

त्यस्तै गरी उनले शिक्षाको क्षेत्रमा आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक क्याम्पसको स्तरोन्नतिमा सहयोग गर्ने, माध्यमिक र आधारभूत विद्यालयमा भौतिक निर्माण तथा स्तरोन्नतिमा सहयोग गर्ने, प्राविधिक शिक्षाको थालनी भइ सकेको र त्यसको क्षेत्र र स्तरलाई अझ बढाउने लगायतका कार्यहरु आफ्नो प्राथमिकतामा राखेका छन्।

यसै गरी उनको प्राथमिकतामा रहेको पूर्वाधार निर्माणमा पनि उनले विशेष प्राथमिकता दिएका छन्। सडक निर्माण, पूल निर्माण एवं विपद् व्यवस्थापनमा आफू कृयाशिल रहने उनले बताएका छन्।

Share post:

Recent