नेकपा एमालेले आउँदो निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मंगलबार दिउँसो साढे १ बजे होटल याक एण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको हो। त्यसक्रममा घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको रिजालले बताए।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
हरेक निर्वाचनका लागि दलहरुले आफ्ना घोषणापत्रमार्फत जनतामाझ प्रतिबद्धता जनाउने गरेका छन्। यीनै प्रतिवद्धता अनुरुप विजयी भएका दलहरुले कार्य गरे वा गरेनन् भन्ने मुल्याङ्कन गरी नयाँ प्रतिवद्धता के के रहेका छन् भनि सोंच विचारपूर्ण तवरले मतदाताहरुले अर्को चुनावमा मतदान गर्दछन्।