ललितपुरमा आफूसँग हेपेर बोलेको र आफ्नी श्रीमतीसँग मुख छाडेको आक्रोशमा एक युवकको हत्या भएको छ। हत्यारालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सोमबार बेलुका ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित टिका महर्जनको जस्ताको टहरामा छुट्टाछुट्टै कोठा भाडामा लिएर बस्दै आएका खोटाङको साकेला गाउँपालिका-१ का रामचन्द्र राईलाई आफूसँग र आफ्नी श्रीमतीसँग मुख छाडेर बोलेको विषयलाई लिएर विवाद हुँदा आवेगमा आइ ४१ वर्षीय राजेन्द्र राईले धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका थिए। राजेन्द्रले खुकुरीले रामचन्द्रको टाउको, अनुहार र बाँया हातमा प्रहार गरी हत्या गरेको ललितपुर प्रहरीले जनाएको छ।
मृतकको शवलाई पोष्टमार्टमको लागि पाटन अस्पतालमा पठाइएको छ भने घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।