बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको भाउ बुधबार बढेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको हो। त्यस्तै, तेजावी सुनको भाउ यसअघि प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेकोमा आज बढेर ९३ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघकाअनुसार चाँदीको भाउ पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ। यसअघि प्रतितोला एक हजार २१५ रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर एक हजार २२५ रुपैयाँ पुगेको हो।