डेंगुले लियो लमजुङका पत्रकार चाँदनीको ज्यान

लमजुङमा डेंगुका कारण पत्रकारको निधन भएको छ। प्रेस सेन्टर नेपाल लमजुङ जिल्ला समितिकी सचिव रहेकी चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको हो।

उनी रेडियो भोटेवडार ९०.८ मेगाहर्ज लमजुङकी समाचारवाचिका समेत रहेकी छिन्। सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेलले आफ्नो समाजिक संजालमार्फत जानकारी दिएका हुन्।

डेंगु संक्रमणका कारण चितवनमा उपचाररत रहेका बेला बुधवार बिहान पत्रकार अधिकारीको निधन भएको जनाइएको छ।

Share post:

Recent