“कान्छी भाउजूलाई जितायौँ, भष्मासुर भएर हाम्रै टाउकोमा हात राखिन्”- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलप्रति कटाक्ष गर्दै एमालेको भोटका आधारमा उनले जितेको दाबी गरे। ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलप्रति व्यंग्य कसेका हुन्।

“एउटा पार्टी छ मोहनविक्रम जीको। हामीले भोट खसाएर कान्छी भाउजूलाई संसदलाई ल्याइदियौँ, भरे त भष्मासुर भएर हाम्रै टाउकोमा हात राख्दै एमालेको सरकार ढाल्न च्याँखे खेलिन्,” ओलीले भने।

राजनीतिलाई सुदृढ बनाउनका निम्ति च्याँखे प्रवृत्ति निरुत्साहित गर्नुपर्ने बताउँदै ओलीले भने, “च्याँखे प्रवृत्ति निकै खराब हुन्छ। राजनीतिलाई सुदढ बनाउनका निम्ति एक सिटे र च्याँखे प्रवृत्तिलाई हटाउनुपर्छ।”

यसै गरी उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि व्यंग्यात्मक टिप्पणी गर्न भ्याएका छन्।

“अस्ति सुन्नुभयो नि एकजना नेताले हामी तेस्रो तर निर्णायक शक्ति हुन्छौँ भनेको। यो भनेको बीचमा उभिने डाँक बढाबढ गर्ने भनेको हो,” उनले भने।

एमाले विकास र समृद्धिप्रति प्रतिवद्ध रहेको भन्दै सत्ता स्वार्थमा लागेको पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने जिकिर गरेका छन्।

Share post:

Recent