“भोट फर प्रचण्ड” भन्दै ल्यायो माओवादी केन्द्रले नयाँ र्‍याप गीत (भिडियो सहित)

युवापुस्तामा र्‍याप संगीतको मोह निकै रहेको छ। यही मोहलाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रले युवापुस्तालाई लक्षित गर्दै र्‍याप गीत मार्फत आफ्नो प्रचारात्मक सामाग्री तयार पारेको छ। यस “भोट फर प्रचण्ड” बोल रहेको गीतलाई नेकपा (माओवादी केन्द्रको) आधिकारिक युट्युब च्यानल Communist Party of Nepal (Maoist Centre) मार्फत सार्वजनीक गरिएको छ। सम्भवत: नेपालमा भोट माग्न र प्रचार गर्न राजनीतिक दलहरुले र्‍याप गीतको प्रयोग गरेको यो पहिलो पटक हो।

‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भन्दै गीत सार्वजनिक गरिएको हो। क्रमशः राजनीतिक संगीतमा पनि नयाँपुस्तालाई लक्षित गर्दै अलग जनराको अभ्यास हुन थालेको छ। सोहीअनुसार र्‍याप गीत ल्याइएको माओवादी केन्द्रले जनाएको छ।

गायक जगत तिरुवाको संगीत र स्वर रहेको यस गीतलाई केशव बडुले एरेन्ज गरेका छन्। यस गीतमा हँसिया हथौडामा भोट दिएर प्रचण्ड र समग्र माओवादीलाई किन जिताउने भन्ने आधारहरु प्रस्तुत गर्न खोजिएको छ।
हेर्नुहोस् भिडियो:

Share post:

Recent