उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ।
बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारद्वारा उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घर भित्र शरण लिन आग्रह गरिएको छ।
बुधबार उत्तर कोरियाले आफ्नो भूभागमा १० वटा क्षेप्यास्त्र प्रहार भएको दाबी गरेको थियो। उत्तरले प्रहार गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।