भारतबाट पशुपतिनाथ दर्शन गर्ने यात्रु बोकेर आएको बस पल्टिँदा चालक सहित २२ जना घाइते

नवलपरासी बर्दाघाट सुस्ता पूर्व (नवलपुर)को गैंडाकोट नगरपालिका-९ स्थित जयश्री पुलनजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन्।

भारतको गुजरातबाट पशुपति दर्शनको लागि यात्रु बोकेर काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो। घाइतेहरूलाई उपचारको लागी भरतपुर चितवन तर्फ पठाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

Share post:

Recent