राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छः राष्ट्रपति बाइडेन

अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए।

‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, बाइडेनले एक टेलिभिजन भाषणमा भनेका छन्। अमेरिकामा ८ नोभ्बरमा मध्यावधि निर्वाचन हुँदैछ।

Share post:

Recent