तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६३ वर्षीय वृद्ध पक्राउ परेका छन्। शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने राम्जी बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय जंगलमा अमला टिप्न जाने बहानामा ती बालिकालाई ललाइफकाइ लगेर थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइ रहेको छ।