कैलालीको भजनी नगरपालिका–३ स्थित एक फार्ममा अफ्रिकन स्वाइन फिभरका कारण एक सातामा ४०५ घरेलु सुँगुरको मृत्यु भएको छ । स्थानीय जयबहादुर बुढाले सञ्चालन गर्दै आएको बडिमालिका कृषि प्रवर्द्धन केन्द्रको फार्ममा ४८२ सुंगुर रहेका थिए ।
अक्टोबर ३१ मा मरेको सुंगुरको र्यापिड टेस्ट गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ आएको धनगढीको पशुपन्छी रोग नियन्त्रण प्रयोगशालाका प्रमुख डा नरेशप्रसाद जोशीले बताए। नमूना संकलन गरी केन्द्रीय पशु रोग अनुसन्धान तथा नियन्त्रण महाशाखाको प्रयोगशालामा पठाएका छौं भने ।
नमुनामा गरिएको रियल टाइम पोलिमरेज चेन रियाक्सन परीक्षणमा पनि यो रोग पोजेटिभ आएको जोशीले बताए । यसैबीच धनगढीस्थित पशु रोग अनुसन्धान तथा नियन्त्रण महाशाखाले अफ्रिकन स्वाइन फिभरबारे सर्वसाधारण र पशुपालनलाई जानकारी गराउँदै विज्ञप्ति जारी गरेको छ ।