रुपन्देहीको देवदह नगरपालिकामा सोमबार बिहान एक श्रीमान श्रीमती घरभित्र मृत फेला परेका छन् ।
देवदह–५ स्थित घरमा ३६ वर्षीय पुरुष र उनकी ३२ वर्षीया श्रीमती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले श्रीमतीको शव ओछ्यानमा बेरेको र श्रीमान् पंखामा झुण्डिएको अवस्थामा भेटिएको बताए ।
छिमेकीले खबर गरेपछि प्रहरीले घटनाबारे जानकारी गरायो । श्रीमान भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।