बारा – प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका-१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए। तर, लो भने पक्राउ परेको हुन्। बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
उनीहरूले बोकेर ल्याएको तीन वटा बोरामा क्रमशः ७, ७ र ११ किलो गरी २५ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए।