अदालतले ३० वर्ष कैदको सजाए तोकेपछि शैचालय गएका बुढा सत वर्षपछि कारागार फर्किए

बर्दिया – अदालतले ३० वर्ष कैदको सजाए तोकेपछि शैचालय जाँदा फरार भएका एक प्रतिवादीलाई सात वर्षपछि पक्राउ गरेको छ। ठाकुरबाबा नगरपालिका -८ बस्ने वर्ष २४का टोपे भनि चिनिने अजिव बुढाक्षेत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

जिल्ला अदालत बर्दियाले २७३ पुष २४ गतेको फैसलामा उनलाई कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भगाएको मुद्दा समेतमा गरी जम्मा ३० वर्ष कैद सजाय सुनाएको थियो। ठाकुरबाबा नगरपालिका – ८ मा बस्ने ६९ वर्षीय जोरा सिंह भनिने जोरे थापालाई आफ्नै घरको बरण्डामा सुनिरहेको अवस्थामा २०७२ फाल्गुन ५ गते राति बुढाक्षेत्रीले धारिलो हतियार दाउ प्रहार गरी हत्या गरी फरार भएका थिए। उनीहरु बीच घरायसी रिसिबी चलिरहेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको थियो। बयानपछि शौचालय जान्छु भन्ने बहाना गरी शौचालयको भ्यान्टिलेसनबाट निस्की फरार भएका थिए।

हाल उनलाई पक्राउगरे पछि बर्दिया जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ।

Share post:

Recent