सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

डोटी – डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ। डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ। पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए।

सुदूरपश्चिममा अहिले पनि  पराकम्प  गइरहेको स्थानीयले बताएका छन्।

Share post:

Recent