डोटी भुकम्प अपडेट: मृत्यु हुनेको संख्या ६ पुग्यो, ८ जना घाइते

डोटी – डोटीमा भुकम्पका कारण ६ जनाको मृत्यु भएको छ। भुकम्पमा परेर ८ जना घाइते भएका छन्।

मृतकको पोस्टमार्टम गर्न घटनास्थलमा नै चिकित्सकको टोली पठाउन लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बताएको छ। गए राति डोटी केन्द्रविन्दु भएर गएको भुकम्पका कारण पुर्वचौगी गापा–३ दौरागाउँमा मानवीय क्षति भएको छ। घाइतेहरुको दिपायल स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Share post:

Recent