अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०ले विभिन्न संकायको नतिजा प्रकाशनमा भएको ढिलाइप्रति त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनले बिहीबार विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई एक साताभित्र स्नातक तहको नतिजा सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
विद्यार्थी सङ्गठनका संयोजक पवन कार्कीले ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालय प्रशासनलाई तोकिएको समयभित्र आफ्ना माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिए । अनेरास्ववियुले विश्वविद्यालय राजनीतिमा फसेको र विद्यार्थीको भविष्य जोखिममा परेको आरोप लगाएको छ ।
वास्तविक परीक्षा सकिएको १६ महिना बितिसक्दा पनि स्नातक प्रथम वर्षको नतिजा प्रकाशित नहुनुको कारण स्पष्ट गरी एक साताभित्र नतिजा प्रकाशन गर्नुपर्ने’ ज्ञापनपत्रमा भनिएको छ । विद्यार्थी संगठनले ज्ञापनपत्रमा नतिजा प्रकाशन, अनलाइन माध्यमबाट परीक्षा फारम र ट्रान्सक्रिप्ट उपलब्ध गराउने, सेमेस्टर वा शैक्षिक सत्रको अन्त्यमा कम्पार्टमेन्ट परीक्षा सञ्चालन गर्नेलगायतका नौ माग राखेका छन् ।