निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

काठमाडौँ – आगामी  मङ्सिर  ४  गते  हुने  प्रतिनिधि  तथा  प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ। नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत  रहनुभएकी  राष्ट्रपति  विद्यादेवी  भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार  मतदान  सुरु  हुनुभन्दा  १०  दिन  पहिले  तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ। निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ।नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी दिए। निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन्। एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ।
गोरखापत्र दैनिकबाट

Share post:

Recent