सुकुम्बासीका समस्या समाधान गर्ने सिंहको प्रतिवद्धता

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्बासीहरूका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। आज बिहान थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीमा पुगेर उनले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन्।

भूमि आयोगको प्रतिवेदनलाई आधार मानेर सुकुम्बासीका समस्या चित्त बुझ्दो तरिकाले नै समाधान गर्न आफूले पहल गर्ने उनले बताए। ‘भूमि आयोगले काम सुरू गरिसकेको छ। निर्वाचनका बेला काम रोक्नु भनेर निर्वाचन आयोगले भनेकोले रोकिएको छ,’ उनले भने, ‘सुकुम्बासीका समस्या अध्ययन गरेर स्थायी रूपमै ती समस्या समाधान गर्छौं।’

उनले उक्तस्थानमा आयोजित चुनावी घरदैलोमा सुकुम्बासीका समस्या चित्तबुझ्दो तरिकाबाट नै समाधान गरिने बताएका थिए।

Share post:

Recent