कास्की – लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। कात्तिक २५ र २६ गते एसआर केसी ब्याङक्युट, माटेपानीमा आयोजित उक्त मिटिङको होस्ट लायन्स क्लब अफ पोखरा मिड टाउनले गरेको थियो।
उक्त मिटिङको संयोजक भएर काम गर्ने अवसर लायन्स क्लब अफ पोखरा मिड टाउनका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट चिफ रहेका ठाकुरप्रसाद अधिकारीलाई प्राप्त भएको थियो। उनले क्याबिनेट मिटिङलाई सभ्य र भव्य बनाउन प्राप्त गरेको दयीत्वलाई सफलता पुर्वक निर्वाह गर्न सकेकोमा खुसी रहेको बताएका छन्।
यस अघिको मिटिङ भर्चुअल रुपमा भएता पनि क्लबको इतिहासमा पहिलो पटक डिष्ट्रिक्ट क्याबिनेट मिटिङ होस्ट गर्न सफल भएकोमा आफूहरु खुसी रहेको लयन्स क्लब अफ पोखरा मिड टाउनकी अध्यक्ष सुनादेवी श्रेष्ठले जानकारी दिइन्। कार्यक्रमले पोखरा र आफ्नो क्लबलाई देशभर चिनाउन यो मिटिङले सकारात्मक योगदा पुर्याएको विश्वा समेत उनले व्यक्त गरिन्।
पर्यटकीय नगरी पोखरामा भएको यस क्याबिनेट मिटिङले यहाँको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुगेको विश्वास आयोजकले गरेका छन्। डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले उक्त मिटिङ ऐतिहासिक बनेको विश्वास व्यक्त गरेका छन्।