विनय रावलको घोषणा : लागुऔषध कारोबारीमाथि बुलडोजर चलाउने

बर्दिया – एकपछि अर्को गरेर जनपक्षीय एजेण्डा सार्वजनिक गरेका छन् बर्दिया क्षेत्र नं २ का राप्रपा प्रतिनिधिसभा उम्मेदवार विनय रावल। बर्दियाको समग्र विकासमा आफूले गरेका कामले नै आफ्नो पहिचान बनाएका रावलले आगामी दिनमा बर्दियालाई समृद्ध र व्यवस्थित् बनाउने एजेण्डाहरु अघि सारेका छन्। यसका अलावा उनले भ्रष्टाचार निमिट्यान्न पार्ने र सुशासन कायम गराउने लोकप्रिय एजेण्डा समेत बोकेका छन्।

यतिमात्र नभइ बर्दियामा राजनीतिक संरक्षणमा नै लागुऔषध कारोबारीहरु फष्टाएको र ठूलो संख्यामा युवाहरुलाई दुर्व्यसनीको शिकार बनाएर जीवन बर्वाद बनाएको भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन्। अब भने उनले ती राजनीतिक संरक्षणमा लागुऔषध ओसारपोसार गर्ने कारोबारीहरुमाथि बुलडोजर चलाउने अठोट लिएका छन्।

बर्दियाका युवाहरुलाई दुर्वयसनीको दलदलबाट बाहिर ल्याउनको लागि पनि आफूले यसप्रति विशेष ध्यान दिएको उनको भनाई छ। रावल सामाजिक कार्यमार्फत जिल्लामा लोकप्रिय रहेका कारण पनि उनको पक्षमा व्यापक जनलर देखिएको छ।

Share post:

Recent