आजको मौसम पूर्वानुमान

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव र बंगालको खाडीमा बनेको न्यून चापीय क्षत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमाबर बिहान  गण्डकी प्रदेश  र कर्णाली प्रदेशको पहाडी  भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै प्रदेश १ लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी  भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

Share post:

Recent