कास्की – निर्वाचन कार्यालय कास्की क्षेत्र नं २ अनतर्गत पोखरा–१५ वडा नम्बरबाट काेलपाटनकाे मतपेटिकाबाट गणना सुरु भएको छ।
प्रतिनिधि सभा चुनावतर्फ ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता रहेको छ। उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी विद्या भट्टराईले २ सय ११ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन्।