ललितपुर – ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ। जारी मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीले उनलाई पछ्याइ रहेको छ। हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत ल्याएका छन्।
यसै गरी सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादी पार्टीका कृष्णलाल महर्जनले ७७ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९० मत पाउँदा राप्रपाका उम्मेदवारले ७६ मत पाएका छन्।