भक्तपुर – भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जारी बिहान साढे २ बजेदेखि मतगणनामा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन्।
गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय मतान्तरले अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले दुई हजार तीन सय ३० मतले अग्रता लिएको छ।
एमाले एक हजार छ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले दुई सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले चार सय २४ र नेपाल मजदुर किसान पार्टीले दुई सय ५० मत प्राप्त गरेको छ। मतगणना जारी रहेको छ।