जाजरकोट – जाजरकोटमा बेलुकादेखि मात्रै मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत केशवराज चापागाईँले बताए।
‘अहिलेसम्म मत पेटिका संकलन भएको छैन। सबै मत पेटिका आउन १२ बज्न सक्छ त्यसपछि सर्वदलीय बैठक बस्दा बेलुका मात्रै मत गणना सुरु हुन सक्छ’ चापागाईँले भने। यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट माओवादीका शक्तिबहादुर बस्नेत एमालेबाट नीरज आचार्य उम्मेदवार छन्।