मुस्ताङबाट कांग्रेसले खोल्यो पहिलो जीतको खाता

मुस्ताङ – नेपाली कांग्रेसले मुस्ताङबाट जीतको खाता खोलेको छ। प्रतिनिधि सभाको मतगणनाबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्दी नतेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मतको अन्तरले पराजित गरेका हुन्।

नेपाली कांग्रेसका थकालीले ३९९२ मत प्राप्त गरेका थिए भने एमालेका तुलाचनले ३०७८ मत प्राप्त गरेका थिए। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका प्रविणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन्।

यससँगै मुस्ताङमा प्रदेश सभाको मतगणना सुरु गरिएको छ।

Share post:

Recent