काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ८मा केही समय अघिसम्म अग्रता लिइ रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता हाम्रो नेपाली पार्टीले तोडेको छ। हालको मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले १३३७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले १०९० मत प्राप्त गरेका छन्।
यसै गरी ५८७ मतका साथ तेस्रो स्थानमा नेकपा एमालेका शिवसुन्दर राजवैद्य रहेका छन्।